धनगढीमा बन कर्मचारीलाई घुस दिन खोज्ने सामुदायिक  वनका अध्यक्ष पक्राउ

रेन्जर चौधरी फरार
akhtiyar

धनगढी–धनगढीमा बन कर्मचारीलाई घुस दिन खोज्ने सिताराम सामुदायिक  वनका अध्यक्ष पक्राउ परेका छन्। सब डिभिजन वन कार्यालय तारानगरका रेन्जर राम अवतार चौधरीलाई ८० हजार घुस दिन बिचौलियाको भूमिका खेल्ने धनगढी– ११ को सिताराम सामुदायिक वनका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। आयोगको कञ्चनपुरका सूचना अधिकारी हरिस जोशीले रानालाई रेन्जरलाई दिन खोजिएको घुस बापतको ८० हजार रकम सहित पक्राउ गरिएको बताए ।  उनका अनुसार रेन्जर चौधरी भने फरार छन्। चौधरीको खोजी भइरहेको छ। चौधरीले अवैध काठ बरामद गरेको मुद्दा कमजोर बनाइदिने भन्दै राना मार्फत घुस रकम माग गरेको अख्तियारले दाबी गरेको छ । 

प्रकाशित:
२०७७ असोज ३०, ०६:२८
SPA
KN
Priya Gahana Pasal