रिलायन्स  इन्सोरेन्स कञ्चनपुरका म्यानेजरको मृत्यु

कार्यालयमै ढले, अस्पताल पुगाय लगत्तै देह त्याग गरे
DEATH
सुदूर प्रेस संवाददाता

कञ्चनपुर– रिलायन्स  इन्सोरेन्स कञ्चनपुरका म्यानेजरको मृत्यु भएको छ। बैतडीको सुर्नया गाउँपालिकाका घर भई कञ्चनपुरमा कार्यरत  ३५ वर्षीय गणेश साउँद हिजो  दिउँसो कार्यकक्षमा ढलेको अवस्थामा भेटिएका थिए । त्यहाँबाट उनलाई उपचारका लागी धनगढीको माया मेट्रो अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा राती उनको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। उनले बान्ता समेत गरेका थिए ।  मृतकको शव महाकाली अस्पतालमा पोस्टमार्टम पछि आज दाहसंस्कार गरिने बताइएको छ । 

प्रकाशित:
2020/10/17, 9:12