कञ्चनपुरमा हात्ती आतङ्क (हेर्नुहोस तस्बिर)

Hatti atank
हात्तीले घर भत्काएको स्थानमा अनुगमन गर्दै प्रदेश सभा सदस्य महेशदत्त जोशी
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मणिका टोलका दुर्गा बोहराको घर जङ्गली हात्तीको बथानले भत्काइदिएको छ। बिहानको झिसमिसेमै आएको हात्तीको बथानले बोहराको घर भत्काउनुका साथै घरभित्र भण्डारण गरेर राखेको सबै अन्न समेत खाइदिएको छ।

भाँडाकुँडा, महत्त्वपूर्ण कागजपत्र समेत कामै नलाग्ने गरी नोक्सानी गरेको वडा अध्यक्ष बहादुर सिंह महराले बताए। वर्षभरिका लागि भण्डारण गरेर राखेको अन्न हात्तीले खाइदिएको दुर्गा बोहराले बताइन्।

‘घरभित्रको सबै अन्न, ओढ्ने ओछ्याउने र लगाउने लत्ताकपडा, भाँडाकुँडा समेत हात्तीको बथानले नोक्सानी पुर्‍याएर बिचल्लीमा पारेको छ,’ उनले भनिन्, ‘आश्रय लिने त्यही घर थियो, त्यो पनि हात्तीले भत्काएपछि छिमेकीको घरमा शरण लिनु परको छ।’

हात्तीको बथानले घर भत्काउन थालेपछि भागेर ज्यान जोगाउनु परेको उनको भनाइ रहेको छ। यसैबिच, सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशीले हात्तीको बथानले क्षति पुर्‍याएका परिवारलाई भेटेर राहतका लागि पहल गर्ने बताएका दिएका छन्। 

Image may contain: 2 people, outdoorImage may contain: plant, outdoor and natureImage may contain: 10 people, text that says "SHOT ON REDMI Al DUAL CAMERA 2020/10/17 2020/10/1710:45 10:45"Image may contain: 2 people, plant, outdoor and nature

प्रकाशित:
2020/10/18, 6:51