भारतमा बस दुर्घटना हुँदा कञ्चनपुरका एक दम्पतीको मृत्यु

BUS accident

कञ्चनपुर–भारतमा बस दुर्घटना हुँदा कञ्चनपुरका एक दम्पतीको मृत्यु भएको छ।  दुर्घटनामा भीमदत्त नगरपालिका वडा नम्बर ११ का ४५ वर्षीय मोहनबहादुर गुरुङ र उनकी श्रीमती कलावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।  उनका १७ वर्षीय छोरा आनन्द गुरुङ घाइते भएका छन् ।  पिलिभितबाट स्वदेश फर्किने क्रममा बोलेरो जिपसँग बस ठोक्किँदा उक्त दुर्घटना भएको कञ्चनपुर प्रहरीले जनाएको छ । मृतकको शब शनिवार कञ्चनपुर ल्याइएको छ। 

 

प्रकाशित:
2020/10/18, 8:34