धनगढी–जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) दिलीप सिंह देउवालाई दिइएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा कोरोना सङ्क्रमण भएपछि उपचारका लागि काठमाडौँमा रहेका कारण उनलाई जिम्मेवारी दिइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए । प्रहरी सहायक निरीक्षक गोविन्द विकको हत्या पछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै उनलाई जिल्ला प्रहरी प्रमुखको जिम्मा दिइएको हो । उनी दङ्गा नियन्त्रण प्रहरी गण कञ्चनपुरमा कार्यरत थिए ।
जिम्मेवारी पछि धनगढीमा मृतक असई गोविन्द बिकका आफन्तले निकालेको प्रदर्शनमा खटिएका एसपी देउवा