धनगढी–गत शनिवार देखी बेपत्ता रहेका कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामबहादुर साउँदको शव आज मोहना नदीमा पानीभित्र बालुवामा गाडेको अवस्थामा भेटिएको छ । प्रहरी सहायक निरीक्षक गोविन्द बिकको शब भेटिएको स्थानभन्दा करिब ३ सय मिटर उत्तर पश्चिममा शब भेटिएको हो । घटना स्थलबाट पोष्टमार्टुमका लागी शब सेती प्रादेशिक अस्पताल पु¥याइएको छ । नदी भित्रबाट प्रहरी सहायक निरीक्षक विकले प्रयोग गर्ने पेस्तोल,मोबाइल र घडी पनि भेटिएको छ ।
हतकडी लगायतका अन्य प्रमाण खोज्न प्रहरी लागी परेको छ । यसैबिच हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । उनीहरू मध्ये केही तस्करीमा संलग्न रहेको र घटनामा पनि संलग्न रहेको पाइएको प्रहरी स्रोतले जनाएको छ । घटनामा भारतीय तस्करको पनि संलग्नताको आशङ्का छ । इन्चार्ज बिक लामो समय देखि तस्करी नियन्त्रणमा सक्रिय भएर लागेको र त्यस दिन पनि गस्ती गर्ने क्रममा तस्कर देखेपछि समात्न खोज्दा हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । उनीहरूले दुवै जनाको घरेलु हात हतियार प्रहार गरी हत्या गरेको देखिएको छ ।