७ जना केराउ तस्करले गरे धनगढीमा दुई प्रहरीको हत्या

प्रहरीद्वारा अभियुक्त सार्बजनिक
hatyara
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीको जुगेडा स्थिती नेपाल भारत सीमानाकामा गस्तिमा खटिएका दुइजना प्रहरीको हत्यामा संलग्न ७ जना अभियुक्त लाइ जिल्ला प्रहरी कार्यालय कैलालीले आज सार्बजनिक गरेको छ । नेपालबाट भारत तर्फ केराउ तस्करी गर्न लागेका तस्कर लाइ नियन्त्रणमा लिन खोज्दा धनगढी उपमहानगरपालीका वडा नं. १० का ७ जनाले सुनियोजित रुपमा धारीलो हतियार प्रहार गरी हत्या गरेर नदीमा फालेको प्रहरीले जनाएको छ । हत्यामा घटना भएकै वडाका सबै राना समुदायका युबाको संलग्नता छ । जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्या गर्ने धनगढी उपमहानगरपालिका–१० बाट उनीहरूलाई पकाउ गरी मंगलबार बेलुका सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका वडा नम्बर १० का पर्कु भन्ने वर्ष ३१ को रोहित राना, वर्ष २० को राजेन्द्र राना, वर्ष ३० को चोर भन्ने सुरेश राना, वर्ष २५ को गब्बर भन्ने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, वर्ष २९ को टल्लु भन्ने दलराम राना र वर्ष २५ को राम गोपाल राना रहेका छन्।

उनीहरूविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।


प्रहरीले आरोपीको बयानका आधारमा शनिबार  राति नै उनीहरूको हत्या गरिएको बताएको छ। त्यस राति ८ बजे सीमावर्ती क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रण प्रयोजनार्थ जुगेडाको दक्षिणी भागमा असई विक र जवान साउद नियमित गस्तीमा गएका गए। 

वडा नम्बर १० स्थित मोहना नदीबाट अन्दाजी ४ सय मिटर उत्तरमा केराउ तस्करी गरिरहेका तस्करहरूको समूहलाई रोक्ने एवं नियन्त्रणमा लिन प्रयास गरेका थिए। त्यसैबेला योजनाबद्ध रूपमा तस्करहरूले धारिलो हतियारले प्रहार गर्दा दुवै जनाको हत्या गरेका थिए। 

हत्या गरेपछि बोक्दै घिसार्दै तस्करहरूले नेपाल–भारत सीमामा रहेको मोहना नदीमा लगी अपराध लुकाउने उद्देश्यले फालेर फरार भएका थिए। 
त्यसको भोलिपल्ट सम्पर्कमा नआएका प्रहरी कर्मचारीको खोजी गर्दै जाँदा आइतबार बिहान ९ बजेर ७ मिनेट जाँदा असई विकको शव हत्या गरी फालिएको अवस्थामा मोहना नदीभित्र फेला परेको थियो।
त्यसको भोलिपल्ट मंगलबार बिहान सवा १० बजे जवान साउदको शव मोहना नदीभित्र फेला परेको थियो। 

यस्तो छ घटना बिबरणः

प्रकाशित:
2020/10/20, 5:50
SPA
KN
Priya Gahana Pasal