धनगढी–धनगढीको कोरोना अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाले आज बच्चा जन्माएकी छिन । धनगढी–४ की ३३ बर्षिया महिलाले बिहान करिब १० बजे कोरोना अस्पतालमा नर्मल तरिकाले ७ महिनामा छोरा जन्माएको अस्पताल स्रोतले जनाएको छ । शिशुको तौल १ हजार ४ सय ग्राम मात्रै छ । जन्मिए लगत्तै सेती अस्पतालको एन.आई.सि.यु मा राखेर उनको उपचार भइरहेको छ । शिशुलाई दूध खुवाउन सकिएको छैन । तौल अत्यन्त कम र समय अगावै जन्मिएका कारण अवस्था जटिल रहेको र अहिले अक्सिजन दिइएको उपचारमा संलग्न अस्पतालका बाल रोग विशेषज्ञ डा.प्रदीप मिश्रले बताए । शिशुको ५ दिन पछि स्वाब सङ्कलन गरी कोरोना परीक्षण गरिने बाल रोग विशेषज्ञ डा. मिश्रले जानकारी दिए । पेट दुखेपछि उनी असोज १ गते उपचारका लागी सेती अस्पताल भर्ना भएकी थिइन । उनलाई एपेन्डिसाइटिसको समस्या देखिएपछि चिकित्सकले शल्यक्रिया गर्ने तयारी गरेका थिए । अपरेसन गर्नु अघि स्वाब परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई ३ गते कोरोना अस्पताल भर्ना गरिएको थियो ।
शिशु लाई एन.आई.सी.यु राखियो