नेपालमा एकैदिन ५ हजार ७४३ जनामा काेराेना सङ्क्रमण

२४ घण्टामा २६ जनाको ज्यान गयो
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–नेपालमा कोभिड–१९ ९कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार ५ हजार ७४३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २० हजार एक सय १८ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा २ हजार ९९६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९९ हजार ६०५ पुगेको छ ।  

अब नेपालमा ४४ हजार ४७६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ४ हजार ६५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा २६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७९१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।  

प्रकाशित:
2020/10/21, 4:40
SPA
KN
Priya Gahana Pasal