धनगढीमा उपचाररत काँग्रेस डोटीका नेता तेज पुनको कोरोना सङ्क्रमणका कारण मृत्यु

हिजो कोरोना पुष्टि आज मृत्यु
Corona Update

फाइल तस्बिर

सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । उनलाइ हिजो बाट भेन्टिलेटरमा राखिएको थियो । नेपाली काँग्रेस डोटीका नेता तेज पुनको निधन भएको हो । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल आदिवासी जनजाति सङ्घ डोटीका अध्यक्ष समेत रहेका पुनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।  स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि सेती अस्पताल लगिएको थियो । उनमा मङ्गलवार कोरोना पुष्टि भएको थियो। पुनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको छ ।  नेता पुन २०४६ साल भन्दा अगाडी देखि काँग्रेस राजनीतिमा सक्रिय थिए ।

प्रकाशित:
२०७७ कार्तिक , ०४:५४
SPA
KN
Priya Gahana Pasal