धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६ वटा प्रयोगशालामा ८ सय ३२ जनाको परीक्षण गर्दा थप ७५ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ३३ जनाको परीक्षण गरिएकोमा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
आजधनगढी उपमहानगरपालिकाका २६ जना, टीकापुर नगरपालिकाका १५ जना, गोदावरी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो। यस्तै कैलालीकै चुरे गाउँपालिका र गौरीगंगा नगरपालिकाका एक÷एक जना र ठेगाना नखुलेका २ जनामा समेत कोरोना संक्रमण देखिएको छ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका र पुर्नवास नगरपालिकाका २र२ जना, शुक्लाफाँटा नगरपालिका र बेलौरी नगरपालिकाका एकरएक जनामा पनि कोरोना पुष्टि भएकोछ ।
उता डोटी जिल्ला अस्पतालको प्रयोगशालामा १०४ जनाको कोरोना परीक्षण भएकोमा दिपायल सिलगढी नगरपालिकाका ८ पुरुषमा कोरोना संक्रमण भएको हो ।
पछिल्लो २४ घण्टामा बैतडीका थप ७ जनामा आज कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा भएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको छ ।
डडेल्धुरा अस्पातलको प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका २० वर्षीय पुरुष र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा भएको परीक्षणमा दशरथचन्द नगरपालिकाका ४७, ३०, २१, २३ र २० वर्षीय गरी ५ जना पुरुष र २७ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको हो। बिहिबार थप सात जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा संक्रमितको संख्या ४६६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।
यस्तै अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा ५ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना र बझाङ जिल्ला अस्पतालमा गरिएको परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको छ ।