कैलाली अस्पतालका सञ्चालक जोशीले दुई हप्तामा कोरोना जिते

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले दुई हप्तामा कोरोना जितेका छन् । यसअघि गरिएको दुई पटकको परीक्षणमा उनको पोजेटिभ आएकोमा तेस्रो पटक गरिएको परीक्षण नेगेटिभ आएको हो । उनी ११ दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा रहेका थिए । रिपोट नेगेटिभ आएसँगै उनी घर फर्किएका छन्। 

सबैको माया र आर्सीवादका साथै अस्पतालका स्वास्थ्यकर्मीहरूको व्यवहारले आफूले कोरोना जितेको उनले बताए । यसलाई मजाकको रूपमा नलिन पनि जोशीले आग्रह गरेका छन् ।

‘यो बालक, वृद्ध, युवा जो कोहीलाई हुन सक्छ ।’ उनले भने–‘रोगी मात्रै होइन निरोगीलाई पनि हुन सक्छ । त्यसैले कोरोनालाई मजाकको रूपमा लिनु हुदैंन ।’ बिचको तीन चार दिनमा आफूलाई पनि निकै अप्ठेरो महसुस भए पनि त्यसपछि बिस्तारै ठिक हुदैं गएको उनको भनाई छ ।  जोशी  निजी अस्पतालको संस्था अफिम सुदूरपश्चिमको अध्यक्ष तथा औषधी व्यावसायिक सङ्घको संस्थापक अध्यक्ष र वर्तमान अध्यक्ष पनि रहेका छन् । साथै उनी लायन्स क्लबमा आबद्ध भएर विभिन्न सामाजिक कामहरूमा पनि सक्रिय रहँदै आएका छन् । 

प्रकाशित:
2020/10/23, 6:24
SPA
KN
Priya Gahana Pasal