राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका कार्यक्रम नहुने

Dashain
तस्बिरः रासस

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दसैंको महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्न शक्तिपीठमा दर्शन तथा विजयादशमीको दिन सर्वसाधारणलाई टीका प्रदानको कार्यक्रम स्थगन गरेकी छन् ।

फूलपाती बढाइँ समारोहमा नेपाली सेनाद्वारा सैनिकमञ्चमा दिइएको सलामी ग्रहण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : प्रदीपराज वन्त/रासस
विगतका दसैंमा उक्त परम्परा रहेकामा यस पटक विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सबै कार्यक्रम नहुने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित:
2020/10/24, 7:37
SPA
KN
Priya Gahana Pasal