धनगढी–धनगढीमा गरिएको परीक्षणमा शनिवार ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये ३५ जना धनगढीका छन् । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ७ सय ७३ जनाको परीक्षण गरिएकोमा ५१ जनामा सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै धनगढी उपमहानगरपालिका ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमण पुष्टि भएका मध्ये ११ महिला र २४ पुरुष रहेका श्रेष्ठले बताए। उनीहरूको वडा भने खुलेको छैन । यस्तै गोदावरी र गौरीगंगा नगरपालिकाका ३र३ जना, टीकापुर नगरपालिकाका २ जना, कैलारी गाउँपालिकाका १ जनामा पनि सङ्क्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए । कञ्चनपुरको भीमदत्त नगरपालिकाका ४ र पुनर्वास नगरपालिकाका जनामा पनि सङ्क्रमण पुष्टि भएको उनले बताए ।