धनगढी–सुदूरपश्चिम प्रदेशमा शनिवार थप ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न ४ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज धनगढीमा गरिएको परीक्षणमा ५१ जना, डडेलधुरामा गरिएको परीक्षणमा १७ जना,अछाममा ११ जना र बझाङमा ५ जना गरी ८४ जनामा सङ्क्रमण पुष्टि भएको हो । धनगढीमा गरिएको परीक्षणमा शनिवार ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये ३५ जना धनगढीका छन् । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ७ सय ७३ जनाको परीक्षण गरिएकोमा ५१ जनामा सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै धनगढी उपमहानगरपालिका ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमण पुष्टि भएका मध्ये ११ महिला र २४ पुरुष रहेका श्रेष्ठले बताए। उनीहरूको वडा भने खुलेको छैन । यस्तै गोदावरी र गौरीगंगा नगरपालिकाका ३र३ जना, टीकापुर नगरपालिकाका २ जना, कैलारी गाउँपालिकाका १ जनामा पनि सङ्क्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए । कञ्चनपुरको भीमदत्त नगरपालिकाका ४ र पुनर्वास नगरपालिकाका जनामा पनि सङ्क्रमण पुष्टि भएको उनले बताए ।
यो सँगै प्रदेशमा आज सम्म सङ्क्रमितको सङ्ख्या हाल सम्म ९ जार २ सय ६४ पुगेको छ । ती मध्ये ७ हजार ५ सय २६ जना उपचार पछि निको भइसकेका छ । अब १ हजार ७ सय १७ जना सक्रिय सङ्क्रमित छन् ।