अछाममा दशैँको टीका लगाउनु अघि नुहाउने क्रममा डुबेर मृत्यु

Death
सुदूर प्रेस संवाददाता

अछाम – अछाममा नदीमा नुहाउने क्रममा डुबेर किशोरीको ज्यान गएको छ । अछामको साँफेबगर नगरपालिका वडा नम्बर १ कालिमाटीकी २० वर्षकी हेमन्त बयकको बुढीगंगा नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको अछामका प्रहरी प्रमुख डीएसपी योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।

आज बिहान दशैँको टीका लगाउनु अघि नुहाउन गएकी किशोरी नदीको भंगालोमा परी बेपत्ता भएकी र पछि शव भेटिएको उहाँले बताउनुभयो । किशोरीको शव मंगलसैन नगरपालिका र चौरपाटी गाउँपालिकाको सीमा क्षेत्र चित्रे नजिकै भेटिएको हो ।

प्रकाशित:
2020/10/27, 6:34