धनगढीमा भएको दुर्घटनामा परि मृत्यु भएका युवकको अझै पहिचान खुलेन

Accident

तस्बिर सौजन्य–जिल्ला प्रहरी कार्यालय कैलाली

धनगढी–धनगढीको बोराडाडीमा गए राती रोकिएको मिनी ट्रकमा मोटरसाइकल ठोकिदा मृत्यु भएका युवकको अझै पहिचान हुन सकेको छैन । राती करिब साढे ११ बजे दुर्घटनामा  परि अन्दाजी २०–२२ वर्षका युवकको मृत्यु भएको हो । उनको शव अहिले सम्म सेती प्रादेशिक अस्पतालको शबगृहमै राखिएको छ ।    से १ प ८७६१ को नम्बरको मोटरसाइकलमा सवार युवक रोकिराखेको से १ त ६१७ नम्बरको मिनी ट्रकमा ठोक्किएका हुन । घटनास्थलमा छटपटाई रहेको अवस्थामा प्रहरी टोलीले फेला पारी उपचारका लागी तत्काल सेती प्रादेशिक अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दान बहादुर रोकायाले बताए । 

यस्तो छ हुलिया–

वर्ण गहुँ गोरो,उचाइ ५ फिट ७ इन्च, पातलो शरीर भएको, लामो कपाल पालेको, हातमा चाँदीको वाला जस्तो लगाएको, तल्लो शरीरमा निलो रातो ट्राउजर र माथिल्लो शरीरमा खरानी रङ्गको हुक, खैरो जुत्ता लगाएको ।

 

प्रकाशित:
२०७७ कार्तिक ११, ०२:१५
SPA
KN
Priya Gahana Pasal