कञ्चनपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

Accident
सुदूर प्रेस संवाददाता

कञ्चनपुर,कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ वनहरा नजिक मंगलबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का सख्त घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार मृत्यु हुनेमा भीमदत्त  नगरपालिका–६ ऐठपुर बस्दै आएका ४२ वर्षका विष्णु ज्ञवाली छन्। 

गोदावरी नगरपालिका– १० का ३४ वर्षीय युवराज जोशी घाइते भएका हुन्। पश्चिमबाट पूर्व जाँदै गरेको लु६०प ७१४० नम्बरको मोटरसाइकलमा सवार जोशी र विपरीत दिशाबाट आउँदै गरेको ज्ञवालीले चलाएको म१प ९६२८ नम्बरको मोटरसाइल आपसमा ठोक्किएका हुन्।

गम्भीर घाइते ज्ञवालीलाई उपचारका लागि महाकाली अस्पतालमा लगिएको र उनको त्यहीँ मृत्यु भएको हो। घाइते जोशीको शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि महाकाली अस्पताल महेन्द्रनगर पठाइएको छ। शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। घाइतेको अवस्था चिन्तामुक्त रहेको बताइएको छ।  

प्रकाशित:
2020/10/28, 8:08