अछाममा २० वर्षीय युवकको हत्या, अर्का एक घाइते

Death
सुदूर प्रेस संवाददाता

अछाम–अछामको ढकारी गाउँपालिका–३ गढीहाले बजार नजीकै धारिलो हतियार प्रहार गरी अन्दाजी २० वर्षीय देवेन्द्र थापाको हत्या गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार सोही ठाउँका अर्का १६ वर्षीय रुद्र थापा घाइते भएका छन्। 

हत्यामा संलग्न भएको आशंकामा अछाम प्रहरीले ढकारी गाउँपालिकाकै नरेन्द्रबहादुर बुढालाई पक्राउ गरिएको जनाएको छ। 

मंगलबार बिहान देवेन्द्रको शव तथा उनीसँगै रुद्र गम्भीरावस्थामा फेला परेका थप उपचारका लागि कोहलपुर पठाइएको प्रहरीले जनाएको छ। 

(रासस)

प्रकाशित:
२०७७ कार्तिक १२, १०:०७
SPA
KN
Priya Gahana Pasal