लागु औषध खैरो हेरोइन सहित धनगढीबाट एकजना पक्राउ

lagu ausadh

तस्बिर सौजन्य–जिल्ला प्रहरी कार्यालय

धनगढी–लागु औषध खैरो हेरोइन सहित धनगढीबाट एकजनालाइ प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका १० घूईयाघाटका २५ वर्षीय राम निवास राना लाई २५ ग्राम ४ सय मिलिग्राम लागु औषध खैरो हेरोइन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका  प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । लागु औषधको कारोबार तथा ओसार पसार भई रहेको भन्ने सूचनाका आधारमा  खटिइएको प्रहरी टोलीले शङ्कास्पद रूपमा हिँडडुल गरी रहेको अवस्थामा घूईयाघाट बाट उनलाई पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित:
२०७७ कार्तिक १५, ०१:१३