कैलालीको टिकापुरका एक जना कोरोना संक्रमितको मृत्यु 

Corona Update

फाइल तस्बिर

सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीको टिकापुरका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कैलालीको टीकापुर १ का ६० वर्षीय पुरूषको आज बिहान मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएर कात्तिक १३ गते अस्पतालमा भर्ना भएका ती पुरूषको १५ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि आईसोलेसनमा राखेर उपचार भईरहेको थियो । उनको स्वास्थ्यमा सुधार नआएको अवस्थामा  मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित:
२०७७ कार्तिक १६, ०९:१८
SPA
KN
Priya Gahana Pasal