कञ्चनपुरमा ५० ग्राम लागु औषध खैरो हिरोइनसहित एक जना पक्राउ

lagu
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरमा ५० ग्राम लागु औषध खैरो हिरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलौरी नगरपालिका – ६ का दिनेश बोटलाई भारतीय नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  उनले प्रयोग गरेको युपि ३१ ए.एफ ७९९० नम्बरको भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  

प्रकाशित:
2020/11/03, 8:01