कैलालीमा झुटो विवरण बनाएर नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी कारागार चलान

karagar
सुदूर प्रेस संवाददाता

धनगढी– जिल्ला प्रशासन कार्यालय कैलालीबाट झुटो विवरण बनाएर नेपाली नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

टीकापुरमा बस्दै आएका अन्सारीले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई  नक्कली बुवा बनाएर नागरिकता लिएको भेटिएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान गर मुद्दा दायर गरेको थियो । 

यस्तै नेपाली नागरिकता लिने अन्सारीका नक्कली दाजु बनेका खुसीराम चौधरी पनि अदालतले माग गरेका ५० हजार धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् ।

सोमबार भएको थुनछेकपछि अदालतले चौधरीसँग ५० हजार धरौटी माग गरेकोमा बुझाउन नसकेर कारागार चलान भएको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्टले बताए । 

चौधरीसँगै पक्राउ परेकी गीता चौधरी भने साधारण तारेखमा छुटेकी छन् ।

प्रकाशित:
2020/11/03, 12:57