डाेनाल्ड ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा : ४३ राज्यको नतिजामा बाइडेन अगाडि

us election

एजेन्सी–अमेरिकामा राष्ट्रपति चयनका लागि भएको चुनावमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उमेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको छ । 


पचासमध्ये ४३ राज्यको नतिजामा बाइडेन अगाडि हुनुहुन्छ । चुनावको अन्तिम नतिजा आउन बाँकी छ । कुल ५ सय ३८ इलेक्टोरल सिटमध्ये बाइडेनले २ सय ४३ र ट्रम्पले २१४ सिट प्राप्त गर्नुभएको छ । 

जितका लागि २ सय ७० सिट आवश्यक पर्छ । निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा बाइडेनले जित हात पार्नुभएको छ । एरिजोना र नेभाडामा बाइडेन नै अगाडि हुनुहुन्छ । 

जर्जिया र नर्थ क्यारोलाइनामा भने ट्रम्प अगाडि हुनुहुन्छ । अलास्कामा पनि ट्रम्प नै अगाडि रहनुभएको छ । अब पेन्सेल्भेनियाको मत निर्णायक मानिएको छ । 

पेन्सेल्भेनिया नजितामा पनि अब एरिजोना र नेभाडा गरी बाइडेनलाई चुनाव जित्न पुग्नेछ । नतिजापछि अमेरिकाले ५८ औं राष्ट्रपति पाउनेछ ।

प्रकाशित:
2020/11/05, 6:43