धनगढीको एउटा होटेलमा मध्यरातमा प्रहरीको छापा,होटेल मालिक सहित ६ जना पक्राउ

pakrau
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढी बसपार्कमा रहेको एक होटेलमा गए राती छापा मारी प्रहरीले होटेल मालिक सहित ६ जनालाई पक्राउ गरेको छ ।  राती करिब १ बजे बसपार्कमा रहेको होटेल न्यु बडी केदारका सञ्चालक टेकेन्द्र बडैला सहित ६ जनालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । तिन जना युवतिलाई धनगढीको एउटा होटेलमा राखिएको र उनीहरूलाई त्रिनगर नाका भएर बेचबिखनका लागी भारत लगिँदै छ भन्ने शान्ति पुनर्स्थापना गृहले दिएको सूचनाका आधारमा खोज बिन गर्दै जाँदा राती होटेलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । बेच्न लगिएका भनिएका १७  वर्षका दुई र  १९ वर्षका एक युवति छन् । उनीहरू मध्ये दुई जना सर्लाही र एक जना सिन्धुलीका हुन । होटेल सञ्चालक र अर्का एक युवक र युवति लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका धनगढीका एक युवक र युवतिले तिन युवतिलाई बेच्नका लागी भारत लैजान लागेको बताइएको छ । होटेल मालिक  लाई सोधपुछका लागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  । बेच्न लैजान लागिएका भनिएका अन्य तिन युवति लाई शान्ति पुनर्स्थापना गृहको सेफ हाउसमा राखिएको छ । घटना बारे थप सोधपुछ र अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए । होटेल बाट केही मात्रामा चरेस समेत बरामद भएको छ ।  

 

प्रकाशित:
2020/11/05, 9:25