कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप १८ को मृत्यु

थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप १८ को मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ती व्यक्तिहरुको मृत्युको औपचारिक रुपमा पुष्टि गरेको हो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुने १ हजार ५२ जना पुगेका छन् । बुधबार एकदैन ३० को मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ८५ हजार ९७४ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३ हजार ४३० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ४८ हजार ४०८ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १५ लाख ७ हजार १९० परीक्षणहरु भएका छन् । २४ घण्टामा जम्मा १३ हजार ६८ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २३२ जना रहेका छन् ।

प्रकाशित:
2020/11/05, 6:38
SPA
KN
Priya Gahana Pasal