कैलालीको गौरीगंगा नगरपालिका–३ का वडा अध्यक्ष शाहको सेनाद्वारा अनतेष्टि

Corona Update

तस्बिर सौजन्यः– नेपाली सेना

सुदूर प्रेस संवाददाता

धनगढी–कोरोना सङ्क्रमणका कारण मृत्यु भएका कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको आज दिउँसो अनतेष्टि गरिएको छ । 

तेघरी स्थित श्री भवानी दल गण बाट सह सेनानी नबल सिंह  रोकाया को कमान्डमा खटिएको टोलीले  गौरिगंगा–३ कै शिव गङ्गा नदी छेउमा रहेको शिव सुन्दर सामुदायिक बनमा  अनतेष्टि गरेको गणका प्रमुख सेनानी विकास केसीले जानकारी दिए । गणबाट मुलपण्डित समेत गई धार्मिक परम्परा बमोजिम मृतकका आफन्त, स्थानीय जनप्रतिनिधिहरूको समेत उपस्थितिमा दाह संस्कार गरिएको केसीले बताए । 

स्वास्थ्यमा समस्या देखिएपछि १२ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका ७३ वर्षीय शाहलाई १७ गते कोरोना पुष्टि भएको थियो । फोक्सोमा समस्या देखिनुका साथै कडा खालको निमोनिया देखिए पछि १७ गते बाटै उनलाई भेन्टिलेटरमा राखिएकोमा आज बिहान साढे ६ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

प्रकाशित:
२०७७ कार्तिक २१, ०३:५९
SPA
KN
Priya Gahana Pasal