पछिल्लाे २४ घण्टामा २ हजार ७ सय ५३ जनामा कोरोना पुष्टि, २२ सय ६ जना डिस्चार्ज

थप १७ जनाको मृत्यु, मृतकको संख्या १ हजार ८७ पुग्यो
Corona Update
सुदूर प्रेस संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याेसँगै हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ५५ हजार ११४ संख्या पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ३५ हजार ४३५ छ ।

मन्त्रालयका अनुुसार २४ घण्टामा १० हजार ४ सय २३ पीसीआर परीक्षण भएको छ । हालसम्म पीसीआर विधिबाट १५ लाख २७ हजार ७ सय ६६ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १ सय ४४ रहेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । याेसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित:
2020/11/07, 5:13
SPA
KN
Priya Gahana Pasal