सुदूरपश्चिम प्रदेशमा आज थप १ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप १ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ  । धनगढीको सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ३ सय ६७ जनाको परीक्षण गरिएकोमा ९१ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । धनगढी उपमहानगरपालिकाका ३३ जनामा सङ्क्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर २ का ७ जना, वडा नम्बर ५ र ७ का ६र६ जना, वडा नम्बर ४ का ५ जना, वडा नम्बर ३, ८ र १३ का २र२ जना, यस्तै वडा नम्बर १, १४ र १८ का १र१ जनामा सङ्क्रमण पुष्टि भएको छ । आज टीकापुर नगरपालिकाका १२ जना, भजनी नगरपालिकाका २ जना, जोशीपुर गाउँपालिका, बर्दगोरीया गाउँपालिका र घोडाघोडी नगरपालिकाका १र१ जनामा सङ्क्रमण देखिएको छ । भने ठेगाना नखुलेका कैलालीका १२ जनामा समेत कोरोना पुष्टि भएको छ । 

कञ्चनपुरको भीमदत्त नगरपालिकाका १२ जना, पुर्नवास नगरपालिकाका ४ जना, बेदकोट नगरपालिकाका ३ जना, कृष्णपुर नगरपालिकाका २ जना, त्यसै गरी बेलौरी नगरपालिका, शुक्लाफाटा नगरपालिका, लाल झाडी गाउँपालिकाका र ठेगाना नखुलेका १र१ जनामा पनि कोरोना देखिएको छ । 

यस्तै डडेलधुरामा २ जना,बैतडीमा ५ जना र अछाम कमल बजारमा ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । 

No photo description available.

प्रकाशित:
2020/11/08, 6:38