कोरोना संक्रमणबाट नेपालमा आज थप १८ जनाको मृत्यु,२५ सय ७१ जनामा संक्रमण

Corona Update
सुदूर प्रेस संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १८ जनाकाे मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय २६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ७ सय ९८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ जना पुगेको छ । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३६ हजार १ सय ७४ जना छन् भने ९ सय ६७ जना क्वारेन्टाइनमा छन ।

प्रकाशित:
2020/11/09, 4:59