नेपालमा आज थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु, २७ सय ३६ जनामा संक्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको  छ । २२ जनाको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ५३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ३५ पुगेको छ ।
 

प्रकाशित:
2020/11/10, 5:31