कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा ३ लाख बढीको अवैध सामान बरामद,तस्कर समात्न भने प्रहरी असफल

baramad

कञ्चनपुर–सशस्त्र प्रहरीले  कञ्चनपुरमा  ३ लाख बढीको अवैध सामान बरामद गरेको छ । पुनर्वास नगरपालिका– ७ परासनबाट अवैध रूपमा भन्सार छली ल्याएको ३ लाख ११ हजार ९७२ बराबरको समान बरामद गरिएका सशस्त्र प्रहरीले जनाएको छ ।   बेवारिसे अवस्थामा छोडिएको  १ सय ३५ बोरा मल, चिनी, खाने तेल, सलाई, मिठाई लगायतका सामान बरामद गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वाटर शैलेश्वरीका सहायक प्रहरी निरीक्षक चन्द्रदेव भट्टको कमान्डमा खटिएको मोबाइल गस्ती टोलीले पुनर्वास र महाकाली नगरपालिका वडा नम्बर ३ पुर्णागिरी इलाकामा सशस्त्र प्रहरी बल नेपाल विओपि दोधरा चाँदनीबाट सहायक प्रहरी निरीक्षक कृष्ण बहादुर कमान्डमा खटिएको टोलीले अवैध सामान बरामद गरेको थियो ।  बरामद गरिएको सामान कञ्चनपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । 

यति धेरै अवैध सामान बरामद भए पनि तस्कर समात्न भने प्रहरी असफल भएको छ । दिनहुँ जसो अवैध सामान बरामद हुँदा पनि प्रहरीले तस्कर लाइ अहिले सम्म पक्राउ गर्न नसकेपछि सामान तस्करी नरोकिएको स्थानीयको भनाइ छ । 

प्रकाशित:
2020/11/10, 8:13