बन्दै गरेको भवन भत्किँदा ८ जनाको मृत्यु

death

एजेन्सी - भारतको राजस्थान, जोधपुरमा बन्दै गरेको भवन भत्किँदा ८ जना मजदुरको ज्यान गएको छ । केही मजदुर घाइते भएका छन् । भवनभित्र २० जना मजदुर च्यापिएका हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले उद्धारको काम चलिरहेको छ । राजस्थानका मुख्यमन्त्री अशोक गृहलोतले ज्यान गुमाउनेको परिवारलाई २/२ लाख र घाइतेको उपचारका लागि ४०/४० हजार दिने घोषणा गर्नुभएको छ ।

प्रकाशित:
2020/11/11, 11:30