बझाङ जिल्ला कारागार बाट एक जना कैदी फरार

karagar
सुदूर प्रेस संवाददाता

बझाङ– बझाङ जिल्ला कारागार बाट एक जना कैदी फरार भएका छन् । बिहान करिब ६ बजे सुरक्षाकर्मीले ड्युटी परिवर्तन गरिरहेको समयमा कारागारभित्रको आइसोलेसन कक्षबाट कैदी प्रविन्द्र धामी भागेको जेलर झलक रोकायाले बताए । छबिसपाथिभेरा वडा नम्बर ५ का बासिन्दा  उनी नेकपा विप्लव समूहमा आबद्ध रहेको बताइएको छ ।  कात्तिक १५ गते उनी पक्राउ परेका थिए । कात्तिक १७ गते उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

 

प्रकाशित:
2020/11/11, 12:42