कोरोना संक्रमणबाट नेपालमा थप २६ जनाको मृत्यु, संक्रमितको संख्या २ लाख नाघ्यो

Corona Update
सुदूर प्रेस संवाददाता

काठमाडौँ–कोरोना संक्रमणबाट २४ घण्टामा थप २६ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ७४ जना पुगेको छ । 
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप २५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २३ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा १ण् हजार ८१ पीसीआर परीक्षण भएका छन् भने हालसम्म पीसीआर विधिबाट १५ लाख ७४ हजार २ सय ९५ परीक्षण भएको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १६ सय ६६ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ जना पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित:
2020/11/11, 5:16