कैलालीमा मोटर साइकलले ठक्कर दिँदा महिलाको मृत्यु

Death
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीको लम्की चुहा नगरपालिका – ३ गोराङ्गेमा गए राति मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । राती करिब ८ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से ४ प ९२५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतीक विष्टले बताए । अन्दाजी ३५ बर्सिया ती महिलाको नाम ठेगाना खुलेको छैन । टिकापुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनको शव टिकापुर अस्पतालमै राखिएको छ । मोटरसाइकल  चालक प्रेम साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित:
2020/11/12, 10:23