डडेलधुराको परशुराममा घरमै बसेका कोरोना सङ्क्रमितको मृत्यु,मृत्यु पछि पनि कोरोना पुष्टि

Corona Update
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–डडेलधुराको परशुराममा एक जना पुरुष कोरोना सङ्क्रमितको मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका परशुराम नगरपालिका–१२ बस्ने ६० वर्षीय सङ्क्रमितको भएको डडेलधुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए । मिर्गौला डायलसिस गर्न कार्तिक १७ गते धनगढीको सेती प्रादेशिक अस्पताल पुगेका उनको पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए । हिजो घरमै आइसोलेसनमा बसेका उनको मृत्यु भएको हो । मृत्यु पछि पनि उनको डडेलधुरा अस्पतालमा पसिआर परीक्षण गर्दा कोरोना रिपोट फेरी पोजेटिभ आएको थियो । उनको हिजै अन्तिम संस्कार गरिएको छ । यो सँगै सुदूरपश्चिममा मृतकको सङ्ख्या ३० पुगेको छ । 

प्रकाशित:
2020/11/12, 5:46