सुदूरपश्चिममा आज ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३० जना अस्पतालबाट डिस्चार्ज

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा आज ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका ५ वटा प्रयोगशालामा ६ सय ६९ जनाको परीक्षण गरिएकोमा ६७ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । उनका अनुसार आज सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सबैभन्दा बढी ४८ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै डडेलधुरामा ४८ जना,बैतडीमा ३ जना,बझाङमा ५ जना र अछाम प्रयोग शालामा गरिएको परीक्षणमा  ३ जना गरी ६७ जनामा सङ्क्रमण पुष्टि भएको कार्कीले बताए । सङ्क्रमित मध्ये कैलालीका ३७,कञ्चनपुरका ९, बझाङका ५,अछामका २, बैतडीका ३,बाजुराका १ डडेलधुराका ८ र अन्य जिल्लाका २ जना छन् । आज कैलाली बाट २७ कञ्चनपुर बाट २ र डडेलधुराबाट १ गरी ३० जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।  यो सँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या १० हजार ३ सय ६३ पुगेको छ । ती मध्ये ८ हजार ७ सय ३८ जना निको भइसकेका छन् ।  हाल सम्म ३० जनाको मृत्यु भएको छ । अब १ हजार ५ सय ६८ जना सक्रिय सङ्क्रमित छन् । उनीहरू मध्ये ८५ जना अस्पताल भर्ना भएका छन् भने अरू घरमै बसेका छन् । ५ जनाको आइसियुमा उपचार भइरहेको छ । 

आज धनगढीमा  २८ जनामा सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका २८  जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । वडा नम्बर ४ का ७ जना, वडा नम्बर २ र ५ का ३र३ जना, वडा नम्बर १ का २ जना, यस्तै वडा नम्बर ८, ११ र १८ का १र१ का जनामा सङ्क्रमण पुष्टि हो ।  । यसै गरी ठेगाना नखुलेका धनगढीका १० जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । 

प्रकाशित:
2020/11/12, 6:37