डा. गोविन्द केसीलाई कोरोना संक्रमण

Govind kc
सुदूर प्रेस संवाददाता

काठमाण्डौ–चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा. डा गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ। बिहीबार गरिएको पीसीआर परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आएको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभयो । ज्वरो र श्वासप्रश्वासमा समस्यासँगै केसीलाई खोकी लागिरहेको सुवेदीले बताउनुभयो । डाक्टर केसीको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै केसीले अभियान चलाइरहनुभएको छ । केही समयअघि मात्रै उहाँले १९ औँ पटकको सत्याग्रह तोड्नुभएको थियो ।  

प्रकाशित:
2020/11/13, 8:38