सुदूरपश्चिममा आज थप ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३९ जना डिस्चार्ज

५ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार हुँदै
Corona Update

धनगढी– सुदूरपश्चिम प्रदेशमा आज थप ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।   सेती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल बझाङ र अछामको कमल बजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ११ जनाको परीक्षण गर्दा ६९ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । 

आज कैलाली बाट १५ जना,कञ्चनपुरबाट २३ जना र बैतडीबाट १ जना गरी ३९ जना डिस्चार्ज भएका छन् । 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ६ जनाको परीक्षण गर्दा  ५४ जनामा सङ्क्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाका १८ जनामा सङ्क्रमण देखिएको जानकारी दिए । 

धनगढीको को वडा नम्बर ५ का ५ जना, वडा नम्बर १ र २ का ३र३ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ४ का १ जना जनामा सङ्क्रमण पुष्टि भएको छ ।  यसै गरी ठेगाना नखुलेका धनगढीका ४ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।

टीकापुर नगरपालिकाका १९ जना, बर्दगोरिया गाउँपालिकाका ६ जना, घोडाघोडी नगरपालिकाका ३ जना, गोदावरी नगरपालिकाका २ जना, त्यसै गरी चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाका १÷१ जनामा समेत कोरोना पुष्टि भएको छ । 

यस्तै कञ्चनपुरको पुर्नवास नगरपालिका र डोटीको के आई सिंह गाउँपालिकाका १र१ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ५१ जनाको परीक्षण गर्दा ९ जनामा र जिल्ला अस्पताल बझाङमा १ सय २८ जनाको परीक्षण गर्दा ७ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले बताए । उता कमल बजार नगरपालिकाको प्रयोगशालामा २६ जनाको परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको छ । 

यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार ४ सय ५ पुगेको छ । ती मध्ये ८ हजार ७ सय ७७ जना निको भइसकेका छन् । हाल सम्म ३० जनाको मृत्यु भएको छ । 

अब प्रदेशमा १ हजार ५ सय ९८ जना सक्रिय सङ्क्रमित छन् । ती मध्ये सबैभन्दा बढी कैलालीमा ६ सय ४९ जना छन् । ८४ जना अस्पताल भर्ना भएका छन् । उनीहरू मध्ये ५ जना लाई आइसियु र १ जना लाई भेन्टिलेटरमा राखिएको छ ।  

प्रकाशित:
2020/11/13, 9:13