आफ्नो घरमा मात्रै दीपावली मनाउन मुख्यमन्त्रीको प्रदेश बासिलाई आग्रह  

शुभ दीपावलीका अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको सङ्क्रमण बाट बच्न स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई पर्याप्त सावधानीका साथ दीपावली मनाउन प्रदेश बासिलाई आग्रह गरेका छन् । दीपावलीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले चाडबाडका बेला कोभिड जस्तो महामारीबाट सचेत रहन आ–आफ्नो घरमा मात्रै दीपावली मनाउन आग्रह गरेका हुन ।   साथै उनले आपसी सद्भाव र भातृत्वको प्रतिकका रूपमा रहेको यस पर्वले प्रदेशवासीहरूलाई एक आपसमा खुसीयाली साटासाट गर्दै एकताको सूत्रमा आबद्ध गरी सामाजिक एकता कायम गर्न सघाउ पुगोस् भन्ने शुभकामना व्यक्त समेत गरेका छन् । 

 

प्रकाशित:
२०७७ कार्तिक २९, ०८:३५
SPA
KN
Priya Gahana Pasal