धनगढीमा उपचाररत एक जना कोरोना सङ्क्रमितको आज मृत्यु

Corona Update
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा उपचाररत एक जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१६ भादाका ४० वर्षीय पुरुषको उपचारका क्रममा कोरोना अस्पतालमा आज बिहान पौने ५ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । उनलाई कार्तिक २२ गते कोरोना पुष्टि भएको थियो । २३ गते बाट अस्पताल भर्ना भएका थिए । उनमा ब्लड क्यान्सरको समेत समस्या रहेको सूचना अधिकारी श्रेष्ठले जानकार दिए । यो सँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रकाशित:
2020/11/14, 9:24