धनगढीमा एका बिहानै बलात्कार र महिला हिंसा विरुद्ध खबरदारी (हेर्नुहोस् तस्बिर)

‘बलात्कारी बढे लगातार के हेर्दै छौ ए सरकार’ 
rape
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीको ट्राफिक चौराहामा एका बिहानै आज बलात्कार र महिला हिंसा विरुद्ध खबरदारी गरेका छन् । ब्यानर र विभिन्न प्लेकार्ड सहित आएका किशोरीहरूले महिला हिंसा र बलात्कार विरुद्ध खबरदारी प्रदर्शन गरेका हुन । उनीहरू धनगढीको ऐश्वर्या विद्या निकेतनको व्यवस्थापन सङ्कायमा ११ कक्षामा अध्ययनरत हुन । ‘बलात्कारी बढे लगातार के हेर्दै छौ ए सरकार’  भन्ने ब्यानर बोकेका छन् । बलात्कार र हिंसा बढे पनि सरकारले यसको न्यूनीकरणका लागी पहल नगरेको उनीहरूको गुनासो छ ।

प्रकाशित:
2020/11/14, 11:08