कोरोना सङ्क्रमणका कारण काङ्ग्रेस कैलालीका नेता लक्ष्य बहादुर न्यौपानेको निधन

Death

धनगढी–कोरोना सङ्क्रमणका कारण कैलालीको भजनी नगरपालिका–८ गोलचउरा निवासी नेपाली काङ्ग्रेस कैलालीका नेता तथा महासमिति सदस्य लक्ष्य बहादुर न्यौपाने (लक्ष्मण) को निधन भएको छ ।

नेपालगन्जको भेरी प्रादेशिक अस्पतालमा उपचारका क्रममा हिजो राती करिब ९ बजे तिर ६५ वर्षीय न्यौपानेको निधन भएको परिवारजनले बताएका छन् । गत कार्तिक २१ गते सेती प्रादेशिक अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए । समस्या बढ्दै गएपछि गत बिहीबार धनगढीको कोरोना अस्पताल ल्याइएका उनलाई थप उपचारका लागी नेपालगन्ज लगिएको थियो ।  उनको शब अहिले अस्पतालमै राखिएको छ । पुर्ख्यौली घर दाङमा दाहसंस्कार गर्ने तयारी भइरहेको आफन्तजनले बताए छन् । यस अघि उनले लामो उपचार पछि क्यान्सर जितेका थिए । 

मृतक न्यौपाने नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य, महिला विभाग प्रमुख तथा पूर्व सांसद ईश्वरी न्यौपानेका श्रीमान् हुन । न्यौपानेका २ छोरा,१ छोरी र आमा छन् । 

न्यौपानेको निधनप्रति नेपाली काङ्ग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले गहिरो दुःख व्यक्त गर्दै काङ्ग्रेसले एक असल नेता गुमाएको बताएका छन् ।  

 

प्रकाशित:
2020/11/15, 8:10