सुदूरपश्चिममा आज ५ सय जनाको  परीक्षण गर्दा ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा आज ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका ३ वटा प्रयोगशालामा ५ सय जनाको  परीक्षण गरिएकोमा ६३ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए ।

उनका अनुसार आज धनगढीमा रहेको प्रयोगशालामा सबै भन्दा बढी ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै बझाङमा गरिएको परीक्षणमा ५ जना र अछाम कमल बजारमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा २ जना गरी  ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै सुदूरपश्चिममा कुल सङ्क्रमितको सङ्ख्या १० हजार ५ सय ३५ पुगेको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । ती मध्ये  ८ हजार भन्दा बढी निको भइसकेका छन् । 

धनगढीमा गरिएको आज थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ११ जनाको परीक्षण गरिएकोमा ५६ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । 

आज धनगढी उपमहानगरपालिकाका १७ जनामा संक्रमण देखिएको छ । धनगढीको वडा नम्बर २ का ८ जना, वडा नम्बर ४ का ४ जना, वडा नम्बर ५ का ३ जना, यस्तै वडा नम्बर १, ७ र १६ का २र२ जना, वडा नम्बर ८, १२, १४ र १८ का १र१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ठेगाना नखुलेका ५ जनामा पनि कोरोना पुष्टि भएको छ । 

यस्तै टीकापुर नगरपालिकाका ८ जना, गोदावरी नगरपालिका र घोडाघोडी नगरपालिकाका ३र३ जना, र गौरीगंगा नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ । 

यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका ६ जना, भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकाका २र२ जना, त्यस्तै बेलौरी नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ । 

प्रकाशित:
2020/11/15, 7:04