आगलागीमा सातजना नेपालीको मृत्यु, १८ को अवस्था गम्भीर

सुदूर प्रेस संवाददाता

एजेन्सी–हङकङमा आगलागीमा परी सात जना नेपालीको ज्यान गएको छ। ज्यान जानेमा चार जना पुरुष र तीनजना महिला छन् । तीमध्ये एकजना बालिका छिन्। उनीहरुको परिचय अहिलेसम्म खुल्न सकेको छैन।

क्यान्टोन क्षेत्रको एक अपार्टमेन्टमा सो आगलागी भएको हो। ‘तिहार मनाउन जम्मा भएको बेला आगलागी भएको जनाइएको छ। 

साउथ चाइना मर्निङ पोष्टले जन्मदिनको पार्टी मनाइरहेको बेला आगलागी भएको समाचार दिएको छ। सो आगलागीमा परी १८ जना घाइते भएको र उनीहरुमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुलाई विभिन्न चारवटा अस्पताल लगिएको छ।

सो अपार्टमेन्टमा नेपाली रेष्टुराँ सञ्चालनमा थियो तर दर्ता भने नगरी चलाइएको बताइएको छ। हङकङमा सन् २०११ मा आगलागीमा परी ११ जना मानिसको ज्यान गएको थियो। त्यस यताको यो नै सबैभन्दा ठूलो आगलागी भएको जनाइएको छ। 

हङकङ सरकारले आगलागीको कारण पत्ता लगाउन छानविन गर्न आदेश दिएको छ। 

प्रकाशित:
2020/11/16, 7:02