सुदूरपश्चिमका अस्पतालमा ८१ जना कोरोना सङ्क्रमित बिरामी भर्ना, ५ जनाको आइसियुमा उपचार हुँदै 

१६ सय ९१ जना सक्रिय सङ्क्रमित
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम विभिन्न अस्पतालमा ८१ जना कोरोना सङ्क्रमित बिरामी भर्ना भएका छन् । सबैभन्दा बढी धनगढीको सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा ४६ जनाको उपचार भइरहेको छ  ।

त्यस्तै टिकापुरमा १६, महाकाली अस्पताल कञ्चनपुरमा ३,अछाममा १०,डोटीमा २,डडेलधुरामा ३ र दार्चुला अस्पतालमा १ जना गरी ८१ जना बिरामी अस्पतालमा उपचाररत रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए ।

उनका अनुसार ती मध्ये ५ जना बिरामीको आइसियुमा उपचार भइरहेको छ । उनीहरूमा ज्वरो,खोकी र श्वास प्रश्वास सम्बन्धी समस्या देखिएको चिकित्सकले बताएका छन् । 

सुदूरपश्चिममा हाल सम्म १० हजार ५ सय ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ती मध्ये ८ हजार ८ सय १३ जना आइतबार सम्म निको भइसकेका छन् । अब सुदूरपश्चिममा १६ सय ९१ जना सक्रिय सङ्क्रमित छन् । ती मध्ये सबै भन्दा बढी ७ सय ८ जना कैलालीमा छन् । सुदूरपश्चिम प्रदेशमा ३१ जनाको कोरोनाका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

 

प्रकाशित:
2020/11/16, 10:26