धनगढीमा गरिएको परीक्षणमा आज थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि

सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज ८८ जनाको परीक्षण गर्दा २७ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । आज धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का ७ जना, वडा नम्बर ५ का ३ जना, यस्तै वडा नम्बर २, ७ र ८ का १र१ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै ठेगाना नखुलेका ७ जनामा पनि कोरोना पुष्टि भएको छ ।

टीकापुर नगरपालिकाका ३ जना, कञ्चनपुरको कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका, महाकाली नगरपालिका र शुक्लाफाटा नगरपालिकाका १र१ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । 

No photo description available.

प्रकाशित:
2020/11/16, 2:31