सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुवेदी लाई कोरोना सङ्क्रमण

Corona Update
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी लाई आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्री सुवेदीलाई आज साँझ कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । केही दिन अघि सामान्य खोकी,ज्वरो लगायतका लक्षण देखिएपछि मन्त्री सुबेदीले हिजो सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा नमुना परीक्षणका लागी स्वाब दिएका थिए । आज आएको रिर्पोटमा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्री सुबेदी अहिले होम आइसोलेसनमा बसेका छन् । सुदूर प्रेस सँग कुरा गर्दै उनले सामान्य ज्वरो र खोकी लागे पनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए । मन्त्री सुबेदीले आफ्नो सम्पर्कमा रहेका सबैलाई स्वाब परीक्षणका लागी दिएर आइसोलेसनमा बस्न पनि आग्रह गरेका छन् । यस अघि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह लाई पनि कोरोना सङ्क्रमण भएको थियो । उनलाई धनगढी बाट थप उपचारका लागी काठमाडौँ लगिएको छ । 

प्रकाशित:
2020/11/16, 7:53