धनगढीमा आज राजा समर्थकले प्रदर्शन गर्ने

raja
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–राजा समर्थकहरूले आज धनगढीमा प्रदर्शन गर्ने भएका छन् । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिकको आयोजनामा  हिन्दु राष्ट्र पुनर्स्थापनाका लागी दबाब दिन  बृहद प्रदर्शन गर्न लागिएको आयोजक संस्थाका संयोजक डब्बु कार्कीले बताए ।  हिन्दु राष्ट्र पुनर्स्थापना, सङ्घीयताको खारेजी र संवैधानिक राजतन्त्रको स्थापना आफूहरूको प्रमुख माग रहेको उनको भनाइ छ । आज अपराह्न १२ बजे धनगढीको बुद्ध चोकबाट सुरु हुने ¥याली अत्तरिया पुगेर पुन धनगढी फर्कने र कोण सभा हुने संयोजक कार्कीले जानकारी दिए ।

हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि सुदूरपश्चिम प्रदेशको राजधानीमा बृहत प्रर्दशन हुदै

प्रकाशित:
2020/11/19, 5:44